Birat Post शनिबार, पुष २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,२८ पुस । सप्तकोशी आसपास र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरूको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरू आउने गरेका छन् ।

यसै सन्दर्भमा कोशीटप्पुमा हालै चरा गणना समेत गरिएको छ । चराविज्ञ र प्राविधिकसहितको टोली सहभागी भएर चरा गणना गरिएको कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले जानकारी दिए । उनले विगतका वर्षहरुभन्दा यसवर्ष चराको आगमन कम भएको बताए । आहाराको अभावमा यो समस्या सिर्जना भएको हो वा उचाईमा आउने चराहरु अन्तै मोडिन पुगे भन्नेमा खोज भइरहेको बताए । यो गणनामा चरा संरक्षण प्रेमी प्रेम थुलुङ,अनिस तिम्सिना लगायतको सहभागिता रहेको चराप्रेमी गोविन्द लुइटेलले जानकारी दिए । ३७ वर्षदेख आरक्ष क्षेत्रका चरा गणना गरिदै आएको छ ।

चखेवा, जल हाँस, बिजुला गोइरी, श्वेत आँखी भुईँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयको रेकर्डमा उल्लेख छ ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरू देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरू सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरूको भनाइ छ ।

नेपालमा ८९२  प्रजातिका चरा पाइने गरेको तथ्याङ्क छ । तीमध्ये कोशीटप्पु  क्षेत्रमा मात्रै   ५३५  भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बराल बताउछन् ।

अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनको भनाइ छ । उनका अनुसार मंसिर देखी , माघ सम्म यहाँ आइपुगेका चरा फागुन सम्ममा फेरि आएकै ठाउँतिर फर्किन्छन्।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल