Birat Post मंगलबार, माघ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

भक्तपुर ,२३ माघ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्।

मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ।’

सभापति लामिछानेले आजको समाचार सही छकि छैन भनेर जनताले संका गरिरहेको बताउँदै अहिले पत्रकार थप सचेत हुनुपर्ने बताए। पत्रकारले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने उनले बताए।

‘मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लान्छनाको जवाफदिन तयार छु। कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ। कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ। त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको छैन। तर्सिएको पनि छैन। रास्वपा सत्य र निष्ठाका साथ लोकतन्त्रको पक्षमा रहेको छ। कुनै पनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा हामी अडिग छौं,’ उनले भने।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल