Birat Post मंगलबार, फाल्गुण १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

वीरगञ्ज ,१५ फाल्गुन । – बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये पाँच जनामध्ये मृत्यु हुनेको संख्या दुई पुगेको छ।

घाइते भएकामध्ये सोमबार राति उपचारको क्रममा भारतको गवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जयसवालको राति १० बजे मृत्यु भएको हाे।

सोमबार वर्कसपमा भएको बिस्फोटमा परी वर्कसप सञ्चालक निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो।

वर्कसपमा ग्यास सिलिन्डर बिस्फोट भएको भनिए पनि प्रहरी प्रवक्ता न्यौपानेले शंकास्पद वस्तु बिस्फोट भएको बताए। यद्यपि के बिस्फोट भएको हो भन्ने बारेमा ल्याबमा परीक्षण पछि थाहा हुने उनले जानकारी दिए।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ।

बिस्फोटमा परि घाइते हुनेहरूमा नगरपालिका- ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगञ्ज महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान, र भारतको रामगढवाका २० वर्षीय अरविन साह अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल