Birat Post बुधबार, चैत्र १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१४ चैत । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँको बडीगार्डहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रामकुमार धिमाल र दीपक खड्कालाई छाड्ने आदेश दिएको हो ।

उनीहरु केही दिनअघि सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए । उक्त हतियार मेडिकल व्यवसायी प्रसाईँले अनुमती लिएर राखेको थिए । वि एण्ड सी मेडिकल कलेजको मुद्दाको सुनुवाइका क्रममा प्रसाईँसँगै सर्वोच्च पुगेका बडीगार्डद्वयले हतियार पनि सँगै लगेपछि नियन्त्रणमा लिइएको थियो ।

प्रसाईँका बडीगार्डद्वयका परिवारले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल रिहाइका लागि भनेको हो ।

आदेशमा भनिएको छ, ‘हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।’यस्तै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न आदेश दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल