Birat Post बुधबार, चैत्र २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । संसद्मा लामो समयदेखि नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानविन समितिको पक्षमा अन्ततः राप्रपा पनि उभिएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा पनि छानविन समिति बनेकाले उक्त सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर निश्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।

राप्रपाले हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनमा प्रहरी दमन भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिएका हुन् । गृहमन्त्री लामिछानेले सहकारीको ठूलो रकम अपचलन गरेको भन्दै कांग्रेसले संसद्मा लामो समयदेखि संसदीय छानविन समितिको माग गर्दै विरोध जनाउँदै आएको छ ।

‘सुशासन मुखमा होईन, व्यवहारमा गर्नुस् । अहिले पनि सहकारीमा लाखौं मानिस पीडित छन् । छानविन समिति बनाऔं । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔं,’– सांसद शाहीले भने ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल