Birat Post मंगलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा, ४ वैशाख ।  ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।
पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो ।

पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् । वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल , भाई वुहारी शीला ढकाल लगायतले उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ , राजेन्द्र चम्लागाई, मिजास पोखरेल, विशाल थापा,  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।  अशोक चौधरीको संयोजकत्वमा भएको कार्यक्रम महासचिव जनक खड्काले सञ्चालन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल