Birat Post मंगलबार, जेठ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् ।

महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।

शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतको उपस्थितिमा शिविरको औपचारिक समापन गरिएको थियो ।

स्वास्थ्य जाँचअन्तर्गत फिजिसियनतर्फ २ हजार ३ सय २१ जनाले सेवा लिँदा हाडजोर्नीतर्फको सेवा ८ सय ६१ जाले लिएका छन् । त्यस्तै स्त्री तथा प्रसूतितर्फ ६ सय ७३ जना, बालरोगतर्फ ६ सय ४६ जना, मुख तथा दाँतको जाँच २ सय ५१ जना र छाला तथा यौनरोगतर्फ ४ सय ३६ जनाले जाँच गरेको संयोजक यादवले बताए ।

त्यसैगरी भिडियो एक्स–रे १ हजार ३ सय ७२ जनाले गराउँदा इसीजी ६ सय ५६ जनाले गराएका छन् । पाठेघरको जाँच ५ सय ७० जना, ल्याब सेवा लिनेको संख्या १ हजार २ सय ५२ जना रहेको छ । शिविरमा आएका मध्ये १ सय ९६ जना शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये एकजनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नम्बर १९ मा ४ सय २२ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा १ सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिए ।
महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर नागेश कोइरालाको भनाइ छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत कोइरालाले बताए ।

यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल