Birat Post मंगलबार, आश्विन १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असोज / केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ । महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् ।

मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिंचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ । केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि सो स्थानमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल