Birat Post बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ पुष । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताउनुभयो ।

उहाँले कमजोर र कम विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई मर्जर गर्ने नीति महानगरले लिएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले संस्थागत विद्यालयहरुले पनि कमजोर विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरले विगतदेखि नै प्याब्सनसँग सहकार्य गरेर अगाडि बढिरहेको स्मरण गर्नुभयो । उहाँले भविष्यमा पनि प्याब्सनसँग सहकार्य गरेर अगाडि बढ्न महानगर तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर कोइरालले नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, सचिव चिरञ्जीवि तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाललगायतलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभयो । सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठले शिक्षासँग सम्बन्धित हरेक गतिविधिमा प्याब्सन महानगरसँगै रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले महानगरले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगितामा पनि प्याब्सनले सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल