Birat Post मंगलबार, माघ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,८ माघ ।   सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा भव्य कार्यक्रमका साथ ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ ।

हिरो मोटरसाइकलको विराटनगरस्थित आधिकारिक बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिका प्रबन्ध निर्देशक सन्तोष सिग्देलले अति नै आकर्षण ब्रान्डका हिरो मोटरसाइकल ब्राण्डमा अर्को आकर्षक दुई नयाँ मोडल ग्राहकले अति नै रुचाएको बताए । उनले हिरो मोटोकर्पले एक्सट्रिम रेजमार्फत नेपालका मोटरसाइकल चालकहरूका लागि आधुनिक सुविधा सहितको शक्तिशाली, आकर्षक र उत्कृष्ट मोडलका मोटरसाइकलको बिक्री शुभारम्भ भएको बताए ।

सीजी कम्पनीका मार्केटिङ म्यानेजर विक्रम पौडेलले एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा विश्वस्त रहेको बताए ।  सार्वजनिक गरिएका दुवै मोडेलहरू नेपालको नवलपरासीस्थित सीजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा निर्माण गरिएको हो । हिरो मोटरसाइकल तथा स्कुटरहरू नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्रान्डमा चिनिने गर्दछ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सप्लस २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको मोटरबाइक बजारमा बलियो पकड जमाएको छ ।

सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै एबीएस भेरियन्टका लागि भने ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल