Birat Post आइतबार, चैत्र १०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १० चैत । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा विवाहको उमेर घटाउनुपर्ने पक्षमा छलफल भएको छ । नेपालको मौजुदा कानुन मुलुकी संहितामा विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ । समितिमा भने विवाहको उमेर १८ वर्षमा झार्नुपर्नेबारे छलफल भएको हो । समितिमा रहेका बहुमत सांसदहरुको राय विवाहको उमेर घटाउनुपर्नेमा छ ।

गृहमन्त्री रमेश लेखकसमेत सहभागी रहेको सो बैठकमा उनले विवाहको उमेर घटाउन सकिने बताए । गृहमन्त्री लेखकले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन संशोधनको विषय छलफलकै क्रममा रहेको र विवाहको उमेर घटाउने कि रोमियो जुलिएट कानुन प्रयोग गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

‘हामी बालबालिकासम्बन्धी ऐनलाई संशोधन गर्दैछौं । बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने प्रक्रिया अहिले मन्त्रिपरिषद्मा विचाराधीन छ । ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामीले छलफल गरिराखेका छौं । अब हजुरहरुको पनि धारणा त्यसअनुरुप आएकाले अब यसमा दुई वटा उपाय छन् । एउटा विवाहको उमेर घटाउने, यसलाई १८ मा लैजाउँ भन्ने छ । अर्को चाहीँ रोमियो जुलिएट ल इन्टरड्युस गर्ने हो कि त भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानुनलाई एप्लाइ गरिएको छ,’– उनले भने ।

विवाहको उमेर घटाउने वा रोमियो जुलिएट अवधारणालाई नेपालको कानुनमा समावेश गर्ने दुईमध्ये एक गर्नैपर्ने उनको धारणा छ । रोमियो जुलिएट कानुनमा १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारिरीक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने व्याख्या रहेको पनि मन्त्री लेखकले बताए । संसारका धेरै देशहरुमा ‘रोमियो जुलिएट ल’ को प्रयोग भइरहेको पनि मन्त्री लेखकले बताए । 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल