काठमाडौँ३ जेष्ठ – पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह आज बिहान नेपाल आइपुगेका छन्। उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन्। केही समयको बिदाका लागि उनी नेपाल आएको बताइएको छ।
नेपालीको मनमा,नेपाली पन हराउनुहुन्न भन्ने भावना राख्ने हृदयेन्द्र नयाँ पुस्तामा रुचाइका पात्र हुन् । उनका धेरै फेनहरुले उनलाई फलो गर्ने गरेका छन् ।
राजनीतिको सरोकारभन्दा धेरै टाढा रहेका, चुपचाप अध्ययनरत पूर्वनवयुवराज हृदयन्द्र वीरविक्रम शाहले, अन्ततः आफूलाई लिएर भइरहेका टिप्पणीहरूप्रति संयमित तर गहिरो सन्देश दिएका थिए। केही समय अगाडी अभिनेत्री सुरक्षा पन्तको सुझावबाट सुरु भएको विवादमा प्रधानमन्त्री ओलीसम्मको टिप्पणी आएपछि, धेरैले हृदयन्द्रलाई अकारण विवादमा तानिएको ठानेका थिए।
हृदयन्द्रले आफ्नो इन्स्टाग्राममार्फत यस्तो लेखेका थिए ।
“कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ । सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुपन फैलाऔँ । नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने।”