Birat Post आइतबार, जेठ १८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १८ जेठ । राजसंस्था तथा हिन्दुराज्यको माग राख्दै काठमान्डौं केन्द्रित आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक देखिएका छन् ।

आइतबार राजावादी समूहको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएपछि उनीहरु थप आक्रामक देखिएका हुन् । यसको विरोधमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् । यस्तै संयुक्त जनआन्दोलन समितिले भोली सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।

उनीहरुले सासद सिंह र राप्रपा नेपालका अध्यक्ष थापाको रिहाइको माग गरेका छन् । आज नक्सालको नारायण चौरबाट जुलुुस लिएर बालुवाटारतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले राप्रपाका अध्यक्ष थापासहित २२ जनालाई पक्राउ गरेको थियो । सांसद सिंहलाई भने अध्यक्ष थापालाई भेट्न गएको ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा नगरे विरोधका कार्यक्रमहरु अझ आक्रामक बन्ने संकेत राजाबादीहरुले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति
कोशीका मन्त्री हाङ्गामले दिए प्रस्टीकरण, कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्रह छैन
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल