Birat Post बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २२ जेठ । विपक्षी दलहरुको अवरोधका कारण बिहीबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले उनले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले जेठ १२ गतेदेखि संसदमा अवरोध गर्दै आएका छन्।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछि तोकिएका बैठकहरु विपक्षी र सरकारबीच कुरा नमिल्दा चल्न सकेको छैन।

सूचना टाँस गरेर स्थगित हुँदै आएको बैठक बिहीबार सुरु गरिए पनि लगत्तै विपक्षी दलहरुले होहल्ला गरेका छन्।

विपक्षीले होहल्ला गरेपछि सत्ता पक्षका सांसदहरुले पनि होहल्ला गरेका थिए। बैठक अघि बढ्न अवस्था नबनेपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

विपक्षी दलहरु गृहमन्त्रीको राजीनामाको माग छाडेर छानबिन समिति बनाउन लचक भए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गरेको छ।

संसद अवरोधका कारण बजेटमाथि छलफल सुरु हुन सकेको छैन।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल