काठमाडौं ३ असार । साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २५ सयले रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।