Birat Post बुधबार, आषाढ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असार / विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमको प्राङ्गणमा नेपालका पूर्वप्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता मात्रिकाप्रसाद कोइराला र लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको अर्धकद सालिक मङ्गलवार एक समारोहबिच अनावरण गरिएको छ। समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली र लायन्स क्लब इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा सालिकको अनावरण गरे।

लायन्स क्लब अफ इन्नोभेटिभ विराटनगरको आयोजनामा सम्पन्न उक्त सालिक निर्माणमा लायन अजिता बराल र पूर्वडिस्ट्रिक्ट गभर्नर भीम घिमिरेको विशेष सहयोग रहेको क्लबले जनाएको छ। क्लब अध्यक्ष रन्जिता खनाल पराजुलीका अनुसार सालिक निर्माणको समन्वय तथा संयोजन आफैँले नेतृत्व गरेकी थिइन ।

सालिक निर्माणको मूल उद्देश्य सामाजिक परिवर्तनमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सेवा, समर्पण र नेतृत्वतर्फ प्रेरित गर्नु रहेको क्लबले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एनसीडिएको ५२ औं स्थापना दिवसमा मोरङ शाखाद्धारा सप्ताहव्यापी कार्यक्रमको घोषणा
विराटनगरमा पूर्वप्रधानमन्त्री कोइराला र लायन्स संस्थापक मेल्भिनको सालिक अनावरण
मेयर र उपमेयरबीचको विवाद : धरान उपमहानगरपालिका तनावग्रस्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल