Birat Post आइतबार, आषाढ १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असार /पूर्वाञ्चलविश्वविद्यालयकला, कानूनतथाशिक्षा संकायको डीन कार्यालयले सञ्चालन गरेको चार दिने अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम आइतवारबाट विराटनगरमा शुरू भएको छ ।

तालिममापूर्वाञ्चलविश्वविद्यालयकाविभिन्नआंगिकक्याम्पसका२२ जनाशिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको छ । सहप्राध्यापकद्वय डा. कृष्ण प्रसाद पाण्डे र रमेश बावु काफ्लेले प्रशिक्षण दिनु हुनेछ । गुणात्मक तथ्याङ्कविश्लेषण, मात्रात्मकतथ्याङ्कविश्लेषण, अनुसन्धानात्मक लेख लेखनमा कृत्रिम बुद्धिमताको प्रयोग, अनुसन्धातात्मक लेख प्रकाशनको प्रकृया, उपयुक्त जर्नलको छनौट लगायतकाविषयमा सहभागिलाई प्रशिक्षित गरिनेछ ।

तालिमकार्यक्रमको उद्घाटन गर्दै अनुसन्धान केन्द्रकाकार्यकारी निर्देशक प्रा. डा. मिन राज ढकालले प्राज्ञिक क्षेत्रमा अनुसन्धानात्मक लेखको महत्वकाविषयमाचर्चा गर्दै अनुसन्धानात्मक लेख लेखन सम्बन्धीतालिमआयोजना गरेकोमा डीन कार्यालयलाई धन्यवाददिनुभयो । कार्यक्रमको विषयमाप्रकाशपार्दै कला, कानूनतथाशिक्षा संकायका डीन राम प्रसाद ढकालले प्राध्यापकहरुले आफ्नो प्राज्ञिक भविष्यनिर्माणमा अनुसन्धानात्मक लेखले पार्ने प्रभावकाविषयमाचर्चा गर्नुभयो ।

विद्यार्थी संख्याकाआधारमापूर्वाञ्चलविश्वविद्यालय दोस्रो नम्बर भएपनि अनुसन्धानको क्षेत्रमाउल्लेख्य कामनहुँदाआलोचना गरेको प्रसङ्ग कोट्याउँदै डीन ढकालले अनुसन्धान गर्न र अनुसन्धानात्मक लेख लेख्न प्राध्यापकहरुलाई सुझावदिनुभयो । पाठ्यक्रम अनुसन्धानतथाविकास केन्द्रकाकार्यकारी निर्देशक प्रा.डा. मेदिनी प्रसाद शर्मा र व्यवस्थापन संकायका डीन डा. सन्देश दास श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामनादिनुभयो ।

 

सम्बन्धित

ताजा अपडेट
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै
लाओसको पोस्टमा नेपालको ९ गोल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल