Birat Post सोमबार, आषाढ २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

विराटनगर,२३ असार । मोरङ स्थित कटहरी गाउपालिका चम्डाइ- ४ मा रहेको श्रीराम रिफाइन फ्याक्ट्रीबाट निस्केको प्रदुषणले बसिनसक्नु बनाएको भन्दै स्थानियले विरोधप्रदर्शन गरेका छन् ।फ्याक्ट्री नजिकै रहेको गाउँमा उद्योगवाट निस्केको प्रदुषणले सोझै प्रभाव पार्ने गरेको भन्दै स्थनियले विरोध जारी राखेका छन् । फ्याक्ट्रीले बालेको परालको छाइ उडेर आउदा झण्डै ३ सय घरपरिवार समस्यामा परेको स्थानियको भनाइ छ । यसमाथी आएको दुर्घन्धले समेत स्थानिय पिडित भएका छन् ।

स्थानिय जानुका पोखरेलले भनिन् -“हामिले धेरैपटक फ्याक्ट्री सञ्चालकलाई भनिसकेका छौ । कम्तिमा छाइ र दुर्घन्ध रोक्ने व्यवस्था गरिदिनु भनेर । फ्याक्ट्रीले जहिल्यै झुक्काउने काम गरेको कारण बाद्य भएर विरोधमा उत्रिनु परेको हो ।”  यस्तै स्थानिय मुना दाहालले छाइका कारण बाहिर लुगा सुकाउदा टाटा बस्ने गरेको गुनासो व्यक्त गरिन् । उनले स्थानियमा  कुनै न कुनैरुपमा रुगा,खोकी र ज्वरोले समेत नछाडेको गुनासो गरिन । बृद्ध मानिसहरुका लागि झनै समस्या निम्तिएको दाहालको गुनासो छ ।

स्थानिय मिना निरौलाले उद्योगले प्रदुषण नियन्त्रण गरोस् भन्ने मात्रै उदेश्य राखेको बताइन् । लामो समय यता स्थानियले यसखाले समस्या भोगीरहेको र नियन्त्रको प्रयास नहुदा विरोधमा जानुपरेको बताइन् ।

यो फ्याक्ट्री उद्योगी अशा्ेक मुरारकाको हो । स्थानियको विरोधलाई उनले अटेर गर्दै आएका छन् । यद्यपी विराटपोष्ट संग कुरा गर्दै उनले एक महिनाभित्र समस्या समाधान हुने दावी गरेका छन् । प्रदुषण तथा छाइ रोकिनेगरिको नयाँ मेसिन जडानहुनेक्रममा रहेको मुरारकाले जानकारी दिए । स्थानियको समस्यालाई आफुले बुझेको र सोही अनुरुप काम गर्न आतुर रहेको जवाफ दिए ।

वातावरण जानकार शिला शर्माले धुलो, धुवा र केमिकलजन्य रसायन नियन्त्रण गरेर उद्योग, कलकारखाना सञ्चालन गर्ने वाचासहित उद्योग सञ्चालन भएतापनि मापदण्ड पूरा नगरिदिँदा समस्या भएको बताउछिन् । निगरानी गर्नुपर्ने सरकारी निकायले ठिक ढङ्गले निगरानी नगरिदिँदा सिमेन्ट उद्योग, कलकारखानाबाट निस्केको केमिकलजन्य पदार्थ, जथाभाबी बाटोघाटोमा छरपष्ट रहेको र वातावरणमा समेत प्रभाव परेको बताइन् ।

उद्योग, कलकारखाना स्थापना हुँदा वातावरण प्रभाव मूल्याङ्कन भएको हुन्छ, उद्योगी व्यवसायीले अक्षरश पालना गर्ने प्रतिबद्धता जनाएपनि सरकारले सही ढङ्गले निगरानी नगर्दा त्यसको प्रत्यक्ष असर आम नागरिक र जीवजन्तुले भोग्न बाध्य भएको उनको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल