विराटनगर,२८ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर- ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो ।
२५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पतंजली योग पिठका आजिवन सदस्य भीम पराजुलीले योगका माध्यमवाट स्वस्थ्य समाज निर्माण गर्न सकिने बताए ।
योगका माध्यमबाट सकारात्मक जीवन जीउन सक्ने कलाको विकास हुने भएकाले यसको महत्व अझ बढेको पराजुलीको भनाइ छ । योगलाई समाज रुपान्तरणको पाटोमा पनि लान सकिने उनको भनाइ थियो । कार्यक्रममा दयालु राधाकृष्ण धर्मशालाका अध्यक्ष किर्तिराज पराजुली,पतंजली योग पिठका सल्लाहकार चन्द्रमणी गुरागाई,पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।