Birat Post मंगलबार, भाद्र ०३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ भदौ ।  नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण अभियानलाई जारी राखेको छ । इक्राई चोकवाट शुरु भएको अभियानले अहिलेसम्म १७ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरिसकेको छ । मंगलबार मात्रै नेपाली कांग्रेस वडा नं.४ का सभापति राजकुमार तवदारको नेतृत्वमा खार्जी चोकमा भेला भइ सद्भाव टोल,प्रगती टोल,खार्जी टोल,खार्जी ग्रिनपार्क टोलका क्रियाशिल संग भेटघाट गरेको छ ।

सभापति तवदारले क्रियाशिल सदस्यताको प्रमाणपत्र हस्तान्तरण अभियान संगै वडामा कांग्रेस थप क्रियाशिल र चलायमान बन्दै गएको बताए । उनले सवै २८ वटै टोल सभापति र ५२९ क्रियाशिल संग भेटघाट गर्ने कार्यक्रमलाई अझ निरन्तरता दिदै जाने बताए । चुनावका बेला मात्रै नभइ अन्य वेला पनि क्रियाशिल भएर काम गर्ने तबदारले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विजयहरि दाहाल , कांग्रेस वडा न.४ का उपाध्यक्ष अर्जुन चुडाल,सचिव सचिव राजेन्द्र भट्टराई राजन ,सचिव दिलिप चौधरी,नेताहरु मुरारीप्रसाद धिताल,बलकराम राजबंशी,टोल सभापतिहरु प्रगति टोलका पानस रिजाल (केशव) ,सद्भाव टोलका परमेश्वर ढङाना,खार्जी ग्रीन पार्कका लिना धिताल,खार्जीका रन्जित चौधरी, कांग्रेसका नेता भीमवहादुर खड्का,भोजकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल