
काठमाडौं,७ मंगलबार। जेन-जी आन्दोलनपछिको सत्ता परिर्वतन सँगै भइरहेको सरकार विस्तारमा जनसंख्या तथा स्वास्थ्यमन्त्रीका लागि प्रा.डा. रामहरि घिमिरेको नाम पनि चर्चामा आएको छ ।सार्वजनिक स्वास्थ्य प्रणाली सुधारमा प्रा.डा.घिमिरे स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि उत्कृष्ट व्यक्ति भएको भन्दै उनको नाम चर्चामा ल्याइएको छ ।
२०३१ साल असोज १५ गते ओखलढुंगामा जन्मिएका घिमिरे नेपालको चिकित्सा क्षेत्रमा अब्बल मानिन्छन् । डा. घिमिरे अहिले विराटनगरको नोबेल मेडिकल कलेजका प्रिन्सिपल छन्।
चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र उनले आफुलाई सीमित राखेका छैनन् । कोभिड महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।