
विराटनगर,२७ मंसिर । निरौला बन्धु सेवा समाज विराटनगरमा निलम निरौला निर्वाचित भएका छन् । यस संगै ३१ सदस्यीय निर्वाचित कार्यसमितिले शनिबार विराटनगरमा सपथ लिएको छ । निर्वाचन अधिकृत खिलानाथ निरौलाले नवनिर्वाचित समितिलाई विधानत सपथ गराएका थिए । निर्वाचित समितिमा उपाध्यक्ष तारानाथ निरौला,सचिव धरणीधर निरौला,सह सचिव डम्वर कुमारी (निमा) निरौला,कोषाध्यक्ष हिरण्य निरौला रहेका छन् ।
यस्तै सदस्यहरुमा विक्रम निरौला,कौशल निरौला,उद्धव निरौला,टिका प्रसाद निरौला,देवी कुमार निरौला,नारायण प्रसाद निरौला,खड्ग कृष्ण निरौला,गीता निरौला,मुना निरौला ,गोपी निरौला,मनोरमा निरौला,जनरदन निरौला,राजिव निरौला,यमन निरौला,भवानी निरौला,कुमार प्रसाद निरौला,फडिन्द्र निरौला,लिला भण्डारी निरौला, राजन प्रसाद भण्डारी निरौला,सुरेश निरौला,सोम निरौला,मणीराम निरौला,हरिबहादुर केसी निरौला,नवराज निरौला र दीपक प्रसाद निरौला रहेका छन् ।
कार्यक्रममा निरौला बन्धु सेवा समाज केन्द्रीय अध्यक्ष डा.तुलसी निरौला,निवर्तमान केन्द्रीय अध्यक्ष हरिप्रसाद निरौला,पूर्व महासचिव खिलानाथ निरौला,केन्द्रीय कार्यसमिति सदस्य तिर्थराज निरौला,केन्द्रीय सदस्य नरहरि निरौला,केन्द्रीय कार्यसमिति लेखा संयोजक गणेश निरौला लगायतको उपस्थिती रहेको थियो ।