
काठमाडौँ,६ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा गगन थापाको राजीनामाका सम्बन्धमा छलफल हुनेछ। निर्वाचनमा पराजीत भएपछि जिम्मेवारी लिँदै थापाले सभापतिबाट राजीनामा दिएका छन्।
उनको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने केन्द्रीय कार्य समितिको बैठकले निर्णय गर्नेछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ।
यता कांग्रेस भित्रको तिक्तता अझै हटेको छैन । देउवा पक्षधर नेता तथा कार्यकर्ताहरुले गगन थापाले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्ने आवाज उठाइरहेका छन् । कतिपय नेताहरुले एकता सहित कांग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिदै आएका छन् । नेता मीन विश्वकर्माले कांग्रेसमा दुइजना सभापति रहेको धारणा सार्वजनिक गरे संगै कांग्रेस दुइ भागमा विभाजित हुने निस्चित जस्तै छ ।