Birat Post शनिबार, चैत्र १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ चैत्र ।
देशव्यापी लकडाउनवाट नगरक्षेत्रका अतिबिपन्न ,सुकुम्वासीहरुलाई पर्न सक्ने खाद्यान्न अभावलाई व्यवस्थापन गर्न विराटनगर महानगरले विपद राहत कोष बनाएको छ । कोषमा महानगरले १ करोड रुपैया जम्मा गरेको मेयर भीम पराजुलीले जानकारी दिए । विपतको बेला सहयोगीहातहरुको आबश्यक भएको भन्दै मेयर पराजुलीले नगरवासी सवैमा सहयोग गर्न अपिल गरेका छन् । उनले आफ्नो १ बर्षको सेवा सुविधा बापत पाउने सवै रकम कोषमा जम्मा गर्ने जानकारी दिए ।

महानगरले कृर्षि विकास बैक विराटनगरको खाता नं ०६०१६०११४५९७३०४० मा राहतकोष जम्मा गर्न सकिने जनाएको छ । कोषमा महानगरका कर्मचारीले समेत केहीदिनको तलव बापतको रकम जम्मा गर्ने गरी तयारी गरिरहेको नेपाल नगरपालिका कर्मचारी यसोसिएसन विराटनगरका अध्यक्ष हिरालाल यादवले जानकारी दिए । कोषमा स्थानीय बुद्धिजिवि तथा उद्योगी ,व्यवसायीले विपद राहत कोषमा रकम जम्मा गर्ने आश्वासन समेत दिएका छन् । विपद राहत कोषको बनाए संगै सिमान्तकृत बर्ग लाभान्वित हुने अपेक्षा महानगरले लिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल