Birat Post सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९जेष्ठ /

नेपालको इतिहासमा कालो दिन अर्थात जेष्ठ १९ गते । आज १९ नै वर्ष पुगेको छ । दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिएका थिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । यस घटना पछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बनेका थिए ।

युवराज दिपेन्द्रले लागुऔषधको नशामा रहेर जथाभावी फायरिङ गरेको र आफुले आफैलाई गोली प्रहार गरेको बताइएको छ तर यो अहिलेपनि रहस्यमय नै छ । यही पेरिफेरीमा नेपालमा माओवादीको राजनैतिक   प्रबेश भएको छ भने हत्याकाण्डको ७ वर्षपछि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको छ ।

दरवार हत्याकाण्डको १९ वर्ष वित्दा सम्ममा नेपालमा लोकतन्त्र,गणतन्त्र संगै देशले नयाँ संबिधान पाएको छ । जनताको नासो जनतालाई प्रदान गरेको बताउने पूर्वराजा ज्ञानेन्द्र शाहले बेला बेलामा जनहितका काम नभएको विषयमा प्रश्न उठाउने र सहमति अनुरुप स्पेस दिनुपर्ने खालका कुरा गदैै आएका छन् । नेपालमा पछिल्लो राजनैतिक घटनाक्रमले समेत यसका केही संकेतहरु देखाउन थालेको छ । देश धर्म निरपेक्ष भएको विषयमा समेत अधिकांश नेपालीले अशन्तोष ब्यक्त गरिरहेका छन् । पश्चिमा राष्ट्रहरुको प्रभावमा नेपाललाई धर्मनिरपेक्ष बनाइएको आरोप नेताहरुलाई लाग्ने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल