Birat Post शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ असार ।
नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीका अवसरमा जी. पी. कोइराला फाउण्डेशन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोईराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित डिजिटल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति सहकार्यको पाटो नेपाली राजनीतिमा जीवित राख्नुपर्ने बताएकी छन् । देशमा भइरहेका पछिल्ला गतिबिधिले लोकतन्त्र,प्रजातन्त्र खतरामा पर्ने तर्फ शंकेत गर्दे नेतृ कोइरालाले यसका लागि कांग्रेस सचेत बन्नुपर्ने बताइन् ।

यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य डां शेखर कोइरालाले इतिहासमै राष्ट्रियता अत्यन्त कमजोर भएको बताएका छन् । राष्ट्रियता देख्दा बढेको जस्तो लागे पनि तथ्यगतरुपमा त्यसो नभएको दाबी गरे । बर्तमान सरकार भ्रष्ट भएको र गलत कामको प्रोत्साहनमा निरन्तर लागेको आरोप लगाए । अब प्राप्त उपलब्धी रक्षाका लागि कांग्रेस जुट्ने बेला आएको बताए ।

कार्यक्रममा अमेरिका नेपाल निति अनुसन्धान केन्द्रका डा. राजन पन्त , पुर्व राजदुत डा. दिनेश भट्टराई, मिसोरी केन्द्रीय विश्वविद्यालय प्राध्यापक डा. केशव भट्टराई , बरिष्ठ पत्रकार तथा लेखक हरी अधिकारी लगायतका बक्तहरुले आ आफ्ना धारणा राखेका थिए । डिजिटल अन्तरक्रिया कार्यक्रमको संयोजन जी. पी. कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल