Birat Post आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ असार ।
कोरोना संक्रमणको दर बढिरहदा पछिल्लो समय मानिसमा त्रास बढ्नु पर्ने हो । तर त्यसो नभएर मानिसहरु बजारमा मास्क नलगाई खुलेआमरुपमा हिड्न थालेका छन् । नेपालमा भइरहेको यसखाले हेलचेक्राइलाई स्वास्थ्य विज्ञहरुले खतराको सूचिकारुपमा ब्याख्या गरेका छन् ।

कोरोना संक्रमण सामान्य नभइ यसबाट सजग हुनुपर्ने भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना भाईरस नियन्त्रण सम्बन्धि सचेतना कार्र्यक्रम सम्पन्न गरेको हो । आइतवार विराटनगरमा भएको कार्यक्रममा मास्क एवम् सेनिटाइजर वितरण गरिएको हो । विराटनगरको ट्राफिक चोकदेखि गोल्छा चोक सम्मका स्थानमा मास्क एवम् सेनिटाइजर वितरण गरिएको थियो ।

कांग्रेस नगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा सयौको संख्यामा काग्रेस कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । उक्त सचेतना कार्यक्रममा कांग्रेस युवा नेता तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली,नेपाली काग्रेस उपसभापति भक्तिनाथ माझी ,क्षेत्र ६ का क्षेत्रीय सभापति निरन्जन रिजाल , वडा सभापतिहरु विमलराज भण्डारी,विकास पराजुली,सुनिल दाहाल,प्रकाश साह,शत्रुघनचन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल