Birat Post मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ असार ।
पिसिआर परिक्षणमा भइ रहेको ढिलासुस्तीका बिषयमा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रश्न उठाएका छन् । उनले दुःख ब्यक्त गर्दै सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् “पिसिआरको रिपोर्ट चाडो गराईदिनु पर्यो भनेर क कसको चाकडि गर्नु पर्ने ? हरेक कुरामा असहयोग यो त अति भो ?”

कोरोना परिक्षणका लागी प्रदेश सरकारले बनाएको प्रयोगशाला बाट समयमै परिक्षण नहुदा सर्बसाधरण जनताले सास्ती बेहोर्नु परेको छ । अर्कातर्फ पहुचवालाहरुको रिपोर्ट भने केही घण्टा वा दिनमै आउने गरेको भनेर समेत आलोचना भइरहेको छ । कोरोना परिक्षणका लागी स्वाव संकलन गर्ने र रिपोर्ट सार्वजनिक गर्ने दायित्व प्रदेश सरकारकै हो ।

यद्यपी विराटनगर महानगर लगायत केही स्थानिय तहले आफै स्वाव संकलन गरेर प्रदेश कोरोना परिक्षण ल्याव र कोशी ल्यावमा दिदै आएको छ । प्रदेश सरकारलाई भार नपरोस् भन्ने उदेश्यका साथ स्थानिय तहले सहयोग गर्दै आएका छन् । विराटनगर महानगरले स्वाव संकलन गरेर प्रदेशलाई सहयोग गरे पनि प्रदेशले भने त्यो अनुसारको ब्यवहार गर्न सकेको छैन ।

यस्तै विराटनगरका बरिष्ठ पत्रकारद्धय मोहन भण्डारी,बिनोद भण्डारी र सामाजिक अभियन्ता नबराज काफ्लेले समेत सामाजिक सन्जाल फेसबुकमा पिसिआर परिक्षणको रिपोर्ट ढिलाईका विषय आफ्नो असन्तोष ब्यक्त गरेका छन् ।

परिक्षण रिपोर्टमा बिभेद :

विराटनगर महानगर लगायत केही स्थानीय तहले कलेक्सन गरेको स्वाव संकलनको परिक्षण गरी रिपोर्ट दिनमा समेत ढिलाइ गरिने गरेको पाइएको छ । तीन दिन सम्म रिपोर्ट नआए पछि स्थानीयबासिन्दा सामाजिक सन्जालको प्रयोग गर्दै विरोधमा उत्रेका छन् । पहुच पुर्याउन सक्नेहरुको भने केही घण्टा र केहीदिनमै रिपोर्ट आएको छ । प्रदेश सरकारको यो रबैया प्रती स्थाननिय तहका जनप्रतिनिधि समेत दिगदार भएको देखिन्छ ।

पिसिआर मेसिन ल्याउन महानगरलाई दबाब :

प्रदेश सरकारले जनताको भावना बुझ्न नसकेको र आबश्यक परिक्षण गर्न नसकेको भन्दै पिसिआर टेष्ट गर्ने मेसिन खरिद गर्न अभियन्ताहरुले दबाव दिएका छन् । जनताको भावना बुझ्दै महानगरले पिसिआर टेष्ट गर्ने मेसिन ल्याउनुपर्ने आबाज सामाजिक सन्जालमा उठेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल