रोशिका अधिकारी मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ भदौ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला आन्तरिक प्रशासन सुधारमा लागेका छन् । प्रशासन मार्फत प्रदान गरिने सेवा ,कर्मचारीको अवस्था र सेवाग्राहीहरुको काम सहजरुपमा भए नभएको विषयमा उनी चिन्तित देखिन्छन् । मंगलवार हाम्रो टिम प्रशासन प्रांगणमा पुग्दा उनी आफ्नै कार्यालयको निरीक्षणमा जुटिरहेका भेटिए ।

कर्मचारीहरुले गरिरहेका कामको निरीक्षण ,सेवाग्राही बस्ने स्थल,कार्यालयका कोठाभित्र विजुली बत्तिको ब्यवस्थापन,शौचालय र सेवा लिन आएकाहरु संगको भलाकुसारी हेर्न लायक देखिन्थ्यो । यस संगै प्रमुख जिल्ला अधिकारी निरौलाले सेवाग्राही जनताले हेर्न मिल्ने गरि नागरिक बडापत्र र सुझाव पेटिका राख्न कर्मचारीलाई निर्देशन दिएका थिए । मेटिन थालेको नागरिक बडापत्र र कुनामा राखिएको सुझाव पेटिका अवसुधारिनेछन् ।

भवनमा लागेको माकुराको जालो र अब्यवस्थितरुपमा राखिएका कागजपत्र समेत व्यवस्थित बनाउन उनले कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रशासन मातहतमा रहेका मोरङ जिल्लाका सवै कार्यलयको सुन्दरता , सेवा व्यवस्थापन र जिल्लाबासीको सुरक्षाका विषयमा योजना सहित काम गरिरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । कोरोना संक्रमण बढिरहेको यस जटिल परिस्थितीमा सवैले सहयोगी भावनाका साथ सतर्कता र संयमता अपनाउन समेत उनले अपिल गरे ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल