Birat Post सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ भदौ ।
विराटनगर महानगरका केही कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएको छ भने मेयर पराजुलीका चालकलाई समेत कोरोना संक्रमण पुष्टि भए संगै उनले स्वाब दिएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको छ । आफु नजिकका केहीलाई कोरोना संक्रमण भए संगै आफु सेल्फ क्वारेन्टाइनमा बसेको मेयर पराजुलीले बताएका छन् । झ्यालि समयमा पर्न सक्ने र थप परिक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीले औल्याएपछि पराजुली क्वारिन्टिन बसेका हुन् ।

उनी केही स्वास्थ्यकर्मी तथा निजी सचिवालयका पदाधिकारीका साथ जैन भवनको क्वारेन्टिनमा बसेका छन् । कोभिड १९ को संक्रमण विराटनगरमा बढ्दै गर्दा महानगरले विराटनगरका विभिन्न धार्मिक धर्मशाला तथा अतिथिगृहमा क्वारिन्टिन ब्यवस्थापन गरेको थियो । कोरोना संक्रमण भए वा शंका लागेर बस्नु परे आफैले बनाएको क्वारिन्टिनमा बस्ने बताउदै आएका पराजुली जैन भवनमा बसेका छन् । होटलमा बस्ने कुरा आए पनि मेयर पराजुली बस्न मान्नु भएन उनका स्वकिय सचिव लोकेन्द्र तिम्सिनाले भने । हामी स्वास्थ्य कर्मी ,नगर प्रहरी लगायत केही ब्यक्तिहरुमा थप आशंका भएका कारण बसेका छौ । थप परिक्षण पछि घर फर्कन्छौ तिम्सिनाले भने ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेल लगायत केही कर्मचारीमा कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विराटनगर वडा २ का वडाध्यक्ष कुमार पोखरेल र ५ का वडाध्यक्ष मीन आचार्यमा समेत कोरोना पुष्टि भएको छ । बाँकी वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मका लागि महानगरले अति आवश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल