Birat Post आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ असोज ।
पूर्वाञ्चल मोरङ बाल सुधार गृहमा रहेकाहरुलाई एडभोकेसी फोरम नेपाल प्रदेश १ कार्यालयले कोभिड १९ नियन्त्रण संग सम्बन्धित अत्यावश्यक सामाग्री प्रदान गरेको छ । बाल सुधार गृहमा बस्दै आएका १ सय ५७ जना बालकहरुलाई सेनेटाइजर,मास्क,साबुन,ब्याग,तौलिया ,खानेपानीको बोतल प्रदान गरिएको छ । यस संगै सुधारगृहका लागि वाटर डिस्पेन्सर ,पानीटंकी र पानीटंकी अड्याउन सकिने स्टेन्ड समेत प्रदान गरिएको छ ।

आइतबार आयोजित कार्यक्रममा एडभोकेसी फोरम नेपाल प्रदेश नं १ संयोजक रुक्मिणा दाहाल भट्टराईले वडा नंं ३ का वडाध्यक्ष बिनोद बस्नेत मार्फत ती सामाग्री हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै संयोजक दाहालले सामाजिक उत्तरदायित्व बोध गर्दै सुधारगृहमा सहयोग गरेको बताइन् । यस्तै वडाध्यक्ष बिनोद बस्नेतले बाल सुधारगृहको व्यवथापन सहितका विभिन्न सहयोगका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ठूलो जनशक्ति सुधारगृहमा रहेपनि उनिहरुलाई राज्यले उचित व्यवस्थापन र सहयोग गर्न नसकेकोमा दुखेसो व्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम ,जनस्वास्थ्य अधिकृत दीपक भट्टराई , सुधारगृहका प्रमुख मिलन चौहान,लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल