Birat Post बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ कार्तिक /
संघिय सरकारले कोरोना संक्रमितहरुको उपचार खर्च नबेर्होने घोषणा गरेपछि चौतर्फी आलोचना भएको छ । सरकार घटक दलकै नेता तथा प्रतिपक्षहरुले सरकारको औचित्य समाप्त भएको भन्दै निर्णयको विरोध गरेका छन् । नागरिकलाई देशमा सरकार भएको अनुभुत गराउन नसकेको र महामारीको समयमा जनताको न्युनतम अधिकार खोसेर अधिनायकवादको बाटोमा सरकार अघि बढेको भन्दै विरोध बढेको छ ।
यता प्रदेश नं १ सरकारले भने कोरोना संक्रमितहरुको खर्च प्रदेश सरकारले नै बेर्होने घोषणा गरेको छ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले संक्रमितहरुको उपचार खर्च प्रदेश सरकारले जिम्मा लिने बताएका छन् । मन्त्री घिमिरेले घोषणा गरेसँगै प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सरकारको घोषणा कार्यान्वयन हुने कुरामा आशंका व्यक्त गरेको छ ।

नेपाली कांग्रेस प्रदेश नं १ का सचेतक सुर्यमा राईले प्रदेश सरकार बिना कुनै योजना घोषणाहरुको फेरिहस्त बढाउदै लगेकोमा कार्यान्वयन हुनेमा आशंका रहेको बताउछन् । “ प्रदेश सरकार न त कोभिड अस्पतालको निर्माणमा लागेको छ न त बेड र आइसोलेसनको संख्या वृद्धिमा नै सोच बनाएको छ ।” राइले भने,“ कोभिड अस्पतालमा बिरामी राख्न बेड अभाव छ, बिरामीले १५ दिन पछि मात्र पालो पाउँछन् । यस्तो अवस्थामा बिरामी पालो पर्खेर मृत्युको मुखमा पुग्न बाध्य बन्दै गएका छन् ।”

सरकारले उपचार शुल्क संक्रमितबाटै असुल गर्ने घोषणा गरेसँगै विराटनगरमा रहेका निजी अस्पतालहरुले मनपरि शुल्क असुल्न थालेका छन् । सामान्य लक्षण देखि पुर्ण संक्रमणमा रहेका बिरामीहरुको अलग अलग उपचार शुल्क तोकेर निजी अस्पतालहरुले मनोमानी गर्न थालेका छन् । यस संगै कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने मेडिसिनमा समेत कालोबजारी हुने गरेको पाइएको छ ।

केही दिन अगाडी प्रदेश नं १ का प्रदेश सांसद तथा मुख्य सचेतक केदार कार्कीले पत्रकार सम्मेलन गरेर कोरोना नियन्त्रणमा प्रदेश सरकारले चालेका कदमहरु फितलो भएको आरोप लगाएको थियो ।  प्रदेश नं १ सरकारले घोषणा गरेको कोरोना संक्रमितहरुको खर्च प्रदेश सरकारले नै बेर्होने कुरामा प्रतिबद्ध रहेको मन्त्री घिमिरे दोहर्याएका छन् । कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहदा सरकारको काम कारवाही कस्तो हुने हो त्यो भने हेर्न बाकी छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल