Birat Post बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ मंसिर ।
मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रगेंलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रगेंलीबाट खटिएको प्रहरी टोलीले रगेंली बसपार्क बाट सुनवर्सी नगरपालिका–९ का २४ वर्षीय कुन्दन सहनी र १९ वर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी–९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई Tramadol Hydrochloride ८ हजार क्याप्सुल, नाईट्राभेट–१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १०० ml को TLANOKOF ३० वोतल सहित पक्राउ गरेको छ ।

त्यस्तै ईटहरी–१३ खनारबाट मोरङको जहदा गाउँपालिका–४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई Tramadol ३६० क्याप्सुल र Spaspain १८८ ट्यावलेट सहित र ईटहरी–८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी–६ बाट लागुऔषध Tramadol Hydrochloride ४ हजार ५०० क्याप्सुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल