लोकेश पोख्रेल शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
मानिसहरुले धर्म प्राप्तिका लागि दान गर्ने, व्रत वस्ने, यज्ञ यज्ञादी गर्ने गर्छन् । तर धर्म कर्ममै बिस्वास गर्ने समुदायका प्रशान्त नेवटिया,किशोर नेवटिया र प्रदिप कुमार नेवटियाले यसको ठिक विपरित काम गरेका छन् । उनिहरुले हनुमानको मूर्ति फालेका छन् भने पिपलको बोट काट्ने कुचेष्टा समेत गरेका छन् ।
घटना हो विराटनगर महानगर स्थित वडा नं १५ र १६ को सीमा क्षेत्रमा रहेको जग्गाको । विवादास्पद मानिएको झण्डै १ धुर ३ कनुवा जग्गाका विषयमा स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्थानीयले घटनाको भत्र्सना गरेका छन् ।

विवादास्पद जग्गामा रहेको पिपलको बोटमा हनुमानको मूर्ति राखेर स्थानियले वर्षौदेखि पुजाआजा गर्दै आएका थिए । उक्त स्थानमा नेवटिया परिवारले कब्जा गरेको गुनासो स्थानियले गरेका छन् । उक्त स्थानमा रहेको हनुमानको मूर्ति फालेको आरोप स्थानीयको छ भने त्यही रहेको पिपलको बोट काट्न लागेको भन्दै स्थानियले विरोध गरेका छन् । सो जग्गा सार्वजनिक सम्पति भएको र भोगचलन गर्न नदिने स्थानिय विकास थापाले बताए ।

नेवटिया परिवारले भने जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । स्थानीयले धार्मिक आस्थामाथी खेलवाड गरेको भन्दै नेवटिया परिवारलाई कारवाही गर्न माग गरेका छन् । उच्च अदालतले दिएको आदेश समेत नमानी नेवटियाले टिनको घेराबारा गरेको भन्दै स्थानीयहरु थप आक्रोशित बनेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल