Birat Post सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २ चैत ।

विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सडक सहजताका लागि तीन आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । सोमबार विराटनगर स्थित बरगाच्छीमा एक कार्यक्रमका बीच विराटनगर महानगरका मेयर भीम पराजुलीले पुलको शिलन्यास गरेका हुन् । विराटनगरको बरगाच्छी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आकाशे पुलको कुल लागत दुई करोड ४७ लाख रहेको छ ।

स्टिल स्टक्चरको आधारमा २५ मिटर लम्वाई, पाँच दशमलव पाँच मिटर उचाईको आकाशे पुल बन्दै छ । कला विल्डरले बरगाछी साथै घाँस चोक साथै आर के विल्डसले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
उक्त आकाशे पुल उद्घाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले नागरिकको सहजता र नगरको सौन्दर्यताका लागि काम भइरहेको बताए । मेयर पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकुदका क्षेत्रमा अधितम कार्य भइरहेको बताए । यस्तै नगरको शोभा झल्किने नगर स्वागतद्वार समेत चाडै निर्माण गर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत ,भूतपूर्व प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल, वडा अध्यक्षहरु देवेन्द्रराज पोखरेल,बिनोद बस्नेत ,मीनकुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल