Birat Post शनिबार, चैत्र १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ चैत्र ।
अखिल भारत बर्षिय माहेश्वरी महिला संगठनको आयोजनामा सखी एक्स्पो-२०२१ हुने भएको छ । थ्रीडी अनलाईन भर्चुअल मार्फत एक्स्पो हुन लागेको हो । यो संस्थामा नेपाल च्याप्टरकोरुपमा आबद्ध रहेको छ । भारत र नेपालको तर्फबाट महिला अधिकार र सशक्तिकरण समितिको प्रभारी प्रमुख गिरिजा सारडालाई संयोजक नियुक्त गरेको छ ।

संयोजक नियुक्त भएकी सारडाले बिश्वलाई अनलाईन भर्चुअलमा जोडेर एक्स्पो गर्न लागेको जानकारी दिइन् । यसमा नेपाल,भारत,सिंगापुर,बहराइन् लगायतका देशहरु बाट आएको स्टलहरु राखिएका छन् । अहिलेसम्म अनलाइनरुपमा १ सय २६ स्टलहरु एक्स्पोमा आवद्ध भइसकेका छन् । यो एक्स्पो १६ अप्रिल देखी २४ अप्रिल सम्म २४ सै घण्टा चालु रहने संयोजक सारडाले जानकारी दिइन् । संस्थाको अध्यक्ष आशा महेश्वरी (कोटा राजस्थान) र महामन्त्री मन्जू बाँगड (कानपुर उत्तरप्रदेश) भारत रहेका छन् ।

यो संस्था भारतको २७ राज्य र नेपाल च्याप्टरकोरुपमा जिल्ला ,गाउँ र पालिका सम्म दर्ज रहेर विभिन्न सामाजिक काम गरिरहेको छ । महिला हक अधिकारका विषयमा समेत यो संस्थाले काम गरिरहेको छ । यो एक्स्पो महिलाद्धारा ,महिलाका लागि र महिला सशक्तिकरणको उदेश्यले आयोजना गरिएको बताइएको छ । अखिल भारत बर्षिय माहेश्वरी महिला संगठनले शुक्रबार यो एक्स्पोको वेवसाइड समेत शुभारम्भ गरेको छ । भर्चुअल जुम मार्फत भएको कार्यक्रममा २ सय २५ जना विभिन्न देशका मानिसहरु सहभागी भएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल