Birat Post सोमबार, पुष २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् ।

उनले कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटनमा सहकार्य गर्न आवश्यक रहेको बताए । हवाई मार्गको माध्यमबाट गण्डकी र कोशी प्रदेशलाई जोड्न आफुले पहल गर्ने बताए । यस्तै उनले सडकको स्तरउन्नती गरेर पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवर्द्धनमा जुट्न सकिने बताए । मन्त्री पराजुलीले दुई प्रदेशका धार्मिक क्षेत्रहरू, पदमार्गहरु, साहसिक पर्यटनका गतिविधिहरु, होमस्टेलाई समेत जोडेर साझेदारी गरिनुपर्नेमा जोड दिए ।

यस्तै उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका मन्त्री मित्रलाल बस्यालले गण्डकीलाई नेपालको आधुनिक पर्यटनको जननीका रूपमा प्रस्तुत गर्दै प्रदेशको पर्यटन विकास र योजनाबारे जानकारी दिएका छन् ।

यसै बीच कोशी प्रदेश पर्यटन वर्ष समिति समेतको सहभागितामा अन्तर प्रदेश पर्यटन सहकार्य अन्तरगत गण्डकी प्रदेश र कोशी प्रदेश वीच सहकार्य सम्झौता भएका छन् । पर्यटन,वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव इन्द्र सापकोटा र उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् । यस संगै कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटन सहकार्यको बाटो खुलेको छ । जसमा गण्डकी कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन भएको छ भने सहकार्यको क्षेत्र र दुइ वर्षको समयावधी तोकिएको छ । यस्तै मंगलबार मधेस प्रदेश संग पनि संझौता हुने भएको छ ।

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी ,कोशी प्रदेश पर्यटन वर्ष समितिका सह संयोजक भविष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली
कांग्रेस विशेष महाधिवेशन : निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बियो
प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कावा सभापति खड्काको अपिल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल