Birat Post शनिबार, माघ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ ।
जन्मदिन मनाउदा मानिसले विभिन्न फजुलका कार्यक्रम गरेर खर्च गरिरहेको पाइन्छ । यही समाजमा कतिपय यस्ता मानिसहरु पनि हुन्छन् जसले पृथक कार्य गरेको पनि पाइन्छ । विराटनगर महानगरपालिका अन्तरगत वडा नं -५ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ल्याव टेक्निसियन निता लुइटेलले आफ्नो जन्मदिन पूर्वाञ्चल बालआश्रमका बालबालिका संग मनाएकी छन् । उनले जन्मदिनमा हुने अतिरिक्त खर्च जोगाएर आश्रममा रहेका बालबालिकाहरु संग खुसीयाली साटिन् । बालबालिकाहरुलाई खाना ख्वाउनका साथै अध्ययनका लागि आबश्यक पर्ने कलम र कपी समेत बाढेकी छन् ।

कोभिड संक्रमणका बेला शुरु अवस्थादेखीनै अग्रस्थानमा रहेर पिसिआर (कोभिड) परिक्षणमा खटिएकी उनी उत्कृष्ठ स्वास्थ्यकर्मीकोरुपमा समेत सम्मानित भएकी ब्यक्ति हुन् । पति सागर काफ्ले पनि श्रीमती संगै आश्रम पुगेर जन्मदिन मनाएका छन् । प्राध्यापक समेत रहेका काफ्ले सामाजिक क्षेत्रमा समेत संक्रिय रहदै आएका छन् ।
उनी जस्तै धेरै सामाजिक अभियन्ता, समाजसेवी, उद्योगी, प्राध्यापक, शिक्षक, वकिल, चिकित्सक, विद्यार्थी लगायतले जन्मदिन मनाउन पूर्वाञ्चल बालआश्रम रोज्ने गरेको आश्रम संचालक सीता पोखरेलले बताइन् । जन्मदिन, बार्षिक उत्सव र खुशी साट्न आउनेहरुका कारण आश्रमलाई केहि राहत समेत मिलेको छ । अहिले आश्रममा ७०जना भन्दा बढी बालबालिकाहरु बस्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल