Birat Post बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ बैशाख ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बुधबार पदबाट राजिनामा दिएका छन् । ५ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्नगरी मेयर पराजुलीले राजिनामा दिएका हुन् । आफु पार्टीको केन्द्रीय सदस्य भएकोले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी गतिविधिमा  आफूलाई संलग्न गर्नुपर्ने भएकोले बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहन नैतिकताले नदिने भएकोले नेपालको संविधानको धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

पदमा बसेर पार्टीको निर्वाचन गतिविधिमा होमिदा पदीय दुरुपयोगको आरोप लाग्ने भएकोले राजिनामा दिएको मेयर पराजुलीको भनाई छ । मेयरको टिकटको लागि केन्द्रीय नेताहरुसँग लभिङका लागि काठमाडौं गएता पनि अन्ततः टिकट नपाएपछि मेयर पराजुली बुधबार विराटनगर फर्केका थिए । उनलाई केन्द्रीय नेताहरुले संघीय स्तरमा   पु¥याउने आश्वासन दिएपछि मेयरको टिकट स्पर्धाबाट पछि हटेका थिए । उनी विराटनगर विमानस्थल उत्रे लगत्तै महानगर प्रशासन, कानूनी सल्लाहकारको समन्वयमा राजीनामा पत्र बुझाएका हुन् । मेयरका प्रेस सल्लाहकार कौशल निरौला र स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले पनि बिहीबार राजिनामा दिने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल