Birat Post आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१८ बैशाख ।

प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य  निकालेर प्रचारमा गएमा कांग्रेसको विधानको व्यवस्थाअनुसार कारबाही नहुने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वत्ः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताएका छन् ।

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार नहुने उल्लेख गरे। उनले पार्टी र गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गरे।

प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए। जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए।

 

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल