सुन्दरहरैचा,१९बैशाख ।
गठबन्धनको तर्फबाट सुन्दरहरैचा नगरपालिकाको मेयरका उम्मेदवार शिव प्रसाद ढकालले अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गर्ने बताएकाछन् । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरागर्ने र आगामी ५ बर्षमा थप विकाशका योजना ल्याउने उनले बताए ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भुगोल र जनसंख्याको हिसाबमा सुन्दरहरैचा ठूलो भएपनि विकाशको पुर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको प्रष्ट पारे । उद्यम, स्वास्थ्य र कृषिको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए ।
गठबन्धनको समुह सहित बहुमतले आफुलाई जिताउन सबै नगरवासीलाई आग्रह गरेका छन् । एमाले संग विकासका कुनै एजेण्डा नभएको बताउँदै उनले आलोचना र विरोधलाई चुनावी एजेण्डा बनाएको बताए ।