Birat Post मंगलबार, बैशाख २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२० बैशाख ।
स्थानीय तहको निर्वाचनमा खटिने करिब ४ लाख मानिस मताधिकार बाट बन्चित हुने भएका छन् । यसमा सुरक्षाकर्मी, कर्मचारी तथा शिक्षकहरु मताधिकारबाट बञ्चित हुने भएका हुन् । उनीहरूले स्थानीय तहको निर्वाचनमा मत दिन पाउने छैनन् ।

मतदाता सूचीमा नाम नभएको मतदान केन्द्रमा मत दिन सक्ने व्यवस्था कानूनमा छैन । त्यसैले उनीहरु मताधिकारबाट बञ्चित हुने छन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई समानुपातिकतर्फ भोट दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार यस पटक साढे दुई लाख कर्मचारीलाई परिचालन गरिएको छ । त्यसमध्ये करिब एक लाख ५० हजार कर्मचारीहरुले मत दिन सक्दैनन् । ५० हजार कर्मचारी भने सम्बन्धित टोलकै हुन सक्ने अनुमान छ । आफ्नै टोलमा खटिएका कर्मचारीहरूले मत दिन सक्ने व्यवस्था छ ।

 

यस निर्वाचनमा करिब ७० हजार सेना, करिब ७२ हजार नेपाल प्रहरी तथा करिब ३२ हजार सशस्त्र प्रहरी परिचालन हुने भएका छन् । यसैगरी यो निर्वाचनमा ठूलो संख्यामा शिक्षकहरूलाई पनि खटाइएको छ ।

यसपटक स्थानीय तहको निर्वाचनमा करिब २३ हजार मतदान केन्द्र राखिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा ७ जना कर्मचारी खटाइएको हुन्छ । यसैगरी प्रत्येक जिल्लामा जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत हुने गरी ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

जसमा कम्तीमा १० जना कर्मचारीलाई एक ठाउँमा खटाइएको हुन्छ । यसैगरी उपससचिव सरहका कर्मचारी निर्वाचन अधिकृत हुने गरी ७ सय ५३ स्थानीयत हमा निर्वाचन अधिकृतको कार्यालय खोलिएका छन् । जसमा ९ जना कर्मचारीको दरले हरेक निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति खटाइएको छ ।

यसैगरी शाखा अधिकृत सरहका कर्मचारी मतदान अधिकृत हुने गरी करिब २३ हजार मतदान केन्द्र खोलिएका छन् । आयोगका अनुसार देशभर १ करोड ७७ लाख ३३ हजारको नाम मतदाता सूचीमा राखिएको छ ।

मतदान अधिकृतको काम मतदान गराउनु हुनेछ भने निर्वाचन अधिकृतको काम मतदान मात्र नभइ मतगणना र परिणाम घोषणासम्मको हुने जिम्मेवारी हुने व्यवस्था कानूनमा गरिएको छ ।

आयागले गत बैशाख ८ गते नै सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन
तीनदिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न
एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल