राेशिका अधिकारी बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रंगेली ,२२ बैशाख ।
मोरङको सुनवर्षी नगरपालिकामा माओवादी केन्द्रवाट मेयरको उम्मेदवार बनेकी अमिता श्रीवास्तव यादव नेपाली कांग्रेस प्रवेश गरेकी छन् । उनले नेपाली कांग्रेस बाट मेयरको उम्मेदवार बनेका यज्ञराज कार्कीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । बुधबार सुनवर्सी-९ स्थित डाइनियामा रहेको वी.पी सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका वीच यादवलाई कांग्रेसका केन्द्रीय सदस्य तथा बरिष्ठ नेता शेखर कोइराला, पूर्व रक्षामन्त्री तथा संघीय सांसद मिनेन्द्र रिजाल,राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी लगायतका नेताहरुले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए ।

नेतृ श्रीवास्तव यादव सहित १८ जना मानिस कांग्रेस प्रवेश गरेका छन् ।यादव माओवादीको महिला नगर समन्वय अध्यक्ष तथा त्यस क्षेत्रकी प्रभावशाली नेतृकारुपा परिचित छिन् । उनले माओवादीकेन्द्रबाट बाग्गी उम्मेदारी दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । यस्तै पूर्व रक्षामन्त्री तथा संघीय सांसद मिनेन्द्र रिजालले क्षेत्रगतरुपमा बलियो बन्न पनि कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आबश्यक रहेको औल्याए । यस्तै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गुट उपगुट तथा व्यक्ति नहेर्न र सिंगो कांग्रेसलाई जिताउन आग्रह गरे ।

 

सम्बन्धित

ताजा अपडेट
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल