Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

धरान,२७ बैशाख ।
धरानमा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं. १८ मा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सोमबार भव्य रुपमा सम्पन्न भएको हो । उक्त वडाका वडाबासीहरुले गठबन्धनका मेयरका प्रत्यासी किशोर राई, उपमेयरका प्रत्यासी अईन्द्र विक्रम बेघा, सोही वडाका अध्यक्षका प्रत्यासी नरेन्द्र कुमार राई (प्रविण)सहितको टिमलाई भव्य रुपमा स्वागत गरेका थिए । पञ्चे बाजा सहितको घर दैलो अभियानमा थुप्रै नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । १८ नं. वडाका वडाध्यक्ष पदका उम्मेदवार राई ०७४ सालको निर्वाचित वडाध्यक्ष पनि हुन् ।

राईको नेतृत्व धरानको सबैभन्दा उत्कृष्ट कार्य सम्पादन गर्ने वडामा पर्छन् । राईले घर दैलो अभियानको क्रममा वडाका विकास र समृद्धिका लागि र बाँकी रहेका कामहरु पुरा गर्न आफ्नो नेतृत्वको टिम पुनः उम्मेदवार बनेर बनेर आएको बताए । राई वडाध्यक्षले प्राप्त गर्ने सेवा सुविधा आफूले नलिई वडाको विकासको लागि खर्च गर्ने, व्यक्तिगत खर्चमा वडा भरी शान्ति सुरक्षा व्यवस्थापन गर्न सिसि क्यामेरा जडान, वडालाई धुलो मूक्त बनाउन सफल वडाध्यक्षको रुपमा परिचित छन् । राईको नेतृत्वमा बाल अधिकार सम्बन्धि सम्पूर्ण सूचक पुरा गरी बालमैत्री वडा घोषणा, वडाबासीहरुलाई स्वास्थ्य राख्न दैनिक व्यायम गर्न सजिलो होस् भन्ने उद्देश्यले धरानमै पहिलो पटक खुल्ला व्यायामशाला र पूर्वाञ्चलमै पहिलो पटक स्केट बोर्ड एरिया निर्माण, आर्थिक विपन्न परिवार भएकाहरुलाई स्वास्थ्य विमा, बालबालिका तथा वृद्धवृद्धाहरुको लागि वार्षिक रुपमा निःशूल्क स्वास्थ्य शिविर आयोजना लगायतका विभिन्न कार्यहरु गरेका थिए ।

वडाध्यक्षका प्रत्यासी राईले आफ्नो सम्पूर्ण सेवासुविधा वडा र वडाबासीको लागि खर्च गर्ने बताउँदै वृद्ध भत्ता, एकल महिला भत्ता र अन्य भत्ताहरु व्डाबाट नै उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । घर दैलो अभियानको क्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार राई र उप–मेयर पदका उम्मेद्वार बेघाले जनताका आवश्यकताहरुलाई बुझेर आफुहरुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । मेयर पदका उम्मेदवार राईले उपमहानगरपालिका भ्रष्टचारमूक्त बनाउने, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, पर्यटन र सरकारी जग्गाको संरक्षण गर्दै सकुम्बासी समस्याको निराकरण गर्न आफुहरु लागि पर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल