Birat Post बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मानिस चन्द्रमामा धेरै दिनसम्म बस्न सकोस् भन्नका लागि चीनले तयारी सुरु गरेको छ । चीनको नानजिङ विश्वविद्यालयका शोधकर्ताहरूको एक टिमले चन्द्रमाको माटोबाट अक्सिजन बनाउने योजना अगाडि सारेको छ । शोधकर्ताहरुका अनसार चन्द्रमाको माटोको प्रयोग गरेर चन्द्रमामा लामो समयसम्म बस्न सकिन्छ । किनकि चन्द्रमाको माटोबाट अक्सिजन तथा इन्धन जस्ता संशाधन उत्पादन गर्न सकिन्छ ।

सन् २०२१ को चिनिया चन्द्र मिसन चांग इ फाइभका क्रममा संकलन गरिएको माटो तथा चट्टानको नमूना विश्लेषण गरी वैज्ञानिकहरूले जूल नामक जर्नलमा आफ्नो प्रकाशित गरेका छन् । रिपोर्टअनुसार उक्त मिसन चन्द्रमाबाट माटो ल्याउने ४० वर्षपछिको पहिलो मिसन हो । वैज्ञानिकहरूको उक्त अन्तर्राष्ट्रिय टिमले चन्द्रमाको माटोको ताजा नमूना अध्ययन गरी उक्त माटोको उमेरसमेत पत्ता लगाएका छन् । उनीहरूका अनुसार चन्द्रमाको उक्त संकलित माटो एक अर्ब ९७ करोड वर्ष पुरानो हो ।

वैज्ञानिकहरूले आफ्नो शोधका क्रममा चन्द्रमाको माटोबाट कार्वनडाइअक्साइड बनाएका छन् र त्यसलाई अन्य संशासनमा परिवर्तन समेत गरेका छन् । चन्द्रमामा जबसम्म ठूलो परिमाणमा यस्तो भैरहन्छ त्यसबेला चन्द्रमाको माटोले चन्द्रमा तथा तत् पश्चात् हुने मिसनहरुका लागि सुविधा दिइरहन्छ । शोधकर्ताहरूका अनुसार चांग इ ५ मिसनबाट संकलित माटोमा चन्द्रमामा सौर्य ऊर्जा परिवर्तन गर्नसक्ने क्षमता छ । त्यसलाई एक्स्ट्राटेरेस्ट्रियल फोटोसिन्थेटिक क्याटालिस्ट भनिन्छ ।

फोटो भोल्टिक ड्रिभन इलेक्ट्रोक्याटालिस्ट, फोटोक्याटालिस्ट तथा फोटोथर्मल क्याटालिस्टको रुपमा चन्द्रमाको माटोको नमूनाको क्रियाशीलताको मूल्यांकन गरी सौर्य ऊर्जा, पानी तथा चन्द्रमाको माटोबाट पूर्ण जल विभाजन तथा कार्वनडाइअक्साइड कन्भर्सन गर्न सकिन्छ । योसँगै चन्द्रमामा जिवनका लागि आवश्यक सबै चिजहरु प्राप्त गर्न सकिने दाबी वैज्ञानिकको छ ।यसप्रकार चीनले चन्द्रमामा Extraterrestrial Photosynthesis Pathway बनाउने योजना अघि सारेको छ । यस्तो भएमा पृथ्वी बाहिर पनि बाह्य ऊर्जा खपत विना (zero energy consumption) जिवन जिउन सम्भव हुनेछ । एजेन्सी

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल