Birat Post शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ बैशाख।

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता लिएका छन् ।
विराटनगर महानगरपालिकामा १८८२ मत गणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ६१२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सागर थापाको ४५३ मत आएको छ ।उपमेयरयस्तै, उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्कीले ४५० मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले २४५ मत ल्याए । यता माओवादीका कार्यकर्ताको साथमा विद्रोह गरि उपमेयमा उम्मेदवार दिएकी नमिता न्यौपाने ६८ मत ल्याइन । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना भइरहेको छ ।

वडाहरुमा वडाध्यक्षको मत हेर्दा कांग्रेसले तीनवटा वडामा अग्रता लिएको छ । राप्रपाले एक र जसपाले एक एक वडामा अग्रता कायम गरेका छन् । वडा नम्बर २ मा राप्रपाका वडाध्यक्षका उमेदवारले सबैभन्दा अगाडि छन् । वडा नम्बर १७ मा जसपाका उमेदवारले अग्रता कायम गरेका छन् ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका उमेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवारले १३६ मत प्राप्त गरेका छन् ।
वडा २ मा राप्रपाका उमेदवारले ११५ मत प्राप्त गरेका छन् । एमालेले १०४ र कांग्रेसको मत ६४ छ । वडा नम्बर १९ को अध्यक्षमा कांग्रेसका उमेदवारले १२८ र एमालेले १२३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १८ मा कांग्रेसले ५४, एमालेले ३६ र जसपाले १९ मत प्राप्त गरेका छन् । वडा नम्बर १७ मा जसपाले १९८, कांग्रेसले १०५ र एमालेले १०९ मत प्राप्त गरेका छन् । वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्ष उमेदवारले ५६, एमालेले ३८ र जसपाले ४० मत प्राप्त गरेका छन् । १लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल