Birat Post मंगलबार, जेठ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ जेठ ।

पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्रत्यासी रहेका नेपाली काग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता बढदै गएको छ ।जिल्ला निर्वाचन कार्यालयले मंगलवार विहान ८ बजे घोषणा गरेको मत परिणाम अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार कोइरालाले १७ सय १० मतले अगाडी छन् भने एमालेका उम्मेदवार सागर थापा पछ्याउदै छन् ।

मतान्तर झण्डै २ हजारको हाराहारीमा पुग्दा कोइराला विजयी हुने सम्भावना बढेको छ । महानगरको १९ वडा मध्ये वडा नम्बर १,२ , १६,१७,१८र १९ मतगणना सकिएको छ । मतगणना सकिएका वडाहरुमा १ , २ र १९ बाट एमाले , १६ बाट काग्रेस , १७ बाट स्वतन्त्र र १८ बाट जसपाका उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।

सोमवार रातीदेखी वडा नम्बर ३,४,५,६ १३,१४ र १५ को मतगणना सुरु गरिएको छ । १ लाख ३३ हजार मत रहेको महानगरमा ८९ हजार ६ सय ३० मत खसेको थियो । मंगलवार विहान सम्म २३ हजार ९ सय २५ मत गणना भैसकेको छ ।
यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका अमरेन्द्र यादव दोस्रो स्थानमा छन । उनी एमालेका उम्मेदवार शिल्पा कार्की निरौला भन्दा २ हजार ३ सय ९६ मतले पछि परेका छन् ।

संघीय समाजबादीबाट उपमेयर पदको उम्मेदवार बनेका उनी अध्यक्ष उपेन्द्र यादवका छोरा हुन । हाल गणना भैरहेका वडा नम्बर ३,४ ,५ १३,१४ र १५ मा काग्रेस र एमालेका मेयर पदका उम्मेदवारहरुले बराबरी मत प्राप्त गरिरहेका छन । गणना हुन बाँकी रहेका वडा नम्बर ७,८,९,११ र १२ कांग्रेस बाहुल्य वडा हो । कांग्रेस उम्मेदवार कोइरालाले यी वडाहरु गणना हुँदै गएपछि ठूलै मत अन्तरले अग्रता लिने देखिन्छ । यस्तै एमालेबाट उपमेयरका उम्मेदवार कार्कीको अग्रता पनि बढ्ने  देखिन्छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल