Birat Post बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ जेठ ।

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।
मेयरमा भुपेन्द्रकुमार लावती र उपमेयरमा कृष्णकुमारी निरौला निर्वाचित भएका हुन्। बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार लावतीले १० हजार २२७ मत ल्याएर गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरे। ढकालले ८ हजार १०५ मत मात्रै ल्याए। लावती र ढकालको मतान्तर २ हजार १२२ रहेको छ। उपमेयरमा निरौलाले ९ हजार ४६० मत ल्याइन्। उनले गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद लम्साललाई पराजित गरेकी हुन्। लम्सालले ४ हजार ९०५ मतमात्रै ल्याए। २०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार लावतीलाई पराजित गर्दै कांग्रेसका शंकर राई लेटाङको मेयरमा निर्वाचित भएका थिए। निरौलाको भने यो दोस्रो कार्यकाल हो ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल