Birat Post बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

हेटौँडा,५ जेठ।

हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम प्रतिस्पर्धात्मक देखिएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् । २ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले मात्र अघि छिन् । ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८२६ र पौडेलले १४ हजार ९७६ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४१७ मत सहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लगेका छन् । बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत पाएकी छन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५९४ मत पाएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल