काठमाडौं ,१० जेठ ।
सर्वाधिक प्रतिक्षाको विषय बनेको छ काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचन । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले पाएको मत परिणाम हेर्दा उनी जित नजिक पुग्न थालेका छन् । उनले ५० हजार मत कटाएका छन् । एक लाख ९१ हजार ५९ मत खसेमध्ये करिब ४३ हजार मत गन्न बाँकी छ । जसमा उनले दोस्रो स्थानकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा १९ हजार २६३ मतको अग्रता लिइसकेका छन् । सिर्जनाले ३० हजार ७६७ मत ल्याएकी छिन् । तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।
उपमेयरतर्फ एमालेकी सुनिता डंगोल पनि जित नजिक पुगेकी छिन् । उनले ४६ हजार ३४७ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार २८३ मतमात्र ल्याएका छन् ।